Section 40
नियम बनाउने अधिकार

(१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्व सामान्यतामा कुनै प्रतिकूल प्रभाव नपर्ने गरी नेपाल सरकारले खास गरी देहायका विषयहरुमा नियम बनाउन सक्नेछः–
(क) अनुमतिपत्रको लागि दिइने दरखास्तको ढाँचा र त्यस्मा खुलाउनु पर्ने कुराहरु, अनुमतिपत्रको ढाँचा, अवधि, शर्तहरु, दस्तूर वा शुल्क र अन्य आवश्यक कुराहरु,
(ख) विद्युत भोल्टको स्तर तथा वितरण गरिने विद्युत सेवाको गुणस्तर र अन्य आवश्यक प्राविधिक कुराहरु,
(ग) विद्युतसंग सम्बन्धित कुनै संरचनाको निर्माण कार्य र सो को स्तर,
(घ) विद्युतको उत्पादन, प्रसारण वा वितरण गर्दा उपयोग गरिने उपकरण र सामानहरुको स्तर तथा उपयोगका तरीका,
(ङ) निरीक्षकको योग्यता तथा काम, कर्तव्य र अधिकार,
(च) विद्युतको उत्पादन, प्रसारण तथा वितरण गर्दा अपनाउनु पर्ने सुरक्षात्मक व्यवस्थाहरु,
(छ) ग्राहक वा उपभोक्ताहरुले पालन गर्नु पर्ने कुराहरु,
(ज) दुर्घटना तथा त्यसको जाँचबुझ,
(झ) अन्य आवश्यक कुराहरु ।